Trend
शुक्रबार , असार २७, २०८२

                                              के पी भुसाल ‘अजस’
कुरा अनेकौं मनभित्र डुल्छन्,
तरङ्ग जस्तै लहरेर खेल्छन् ।
अनेक सोंचेर पहाड चढ्छु ,
सारै खुसीभै चुचुरो म टेक्छु ।।

असाध्य राम्रो नभ देख्छु सन्ध्या,
देखिन्छ चौतर्फ बिभोर चङ्गा ।
आकाश छ स्वच्छ अथाह घोर,
कतै रमेको छ खुबै चकोर ।।

अपूर्व यस्तो परिवेश हाइ,
खुसी बनायो अति नै मलाई ।
चौतर्फ पारी क्षितिजै नियाल्दा,
धरा र आकाश छ मेल हेर्दा ।।

हो सत्य मैले भ्रम नै बुझेको,
छ तथ्य यस्मा गहिरो लुकेको ।
अनन्त आकाश किनार छैन,
गोलो छ धर्ती नभ जोडिदैन ।।

अघोर सारै जलधी महान,
निलो छ पानी गग नै समान ।
देखिन्छ जस्तो कहदा नि सत्य,
लिएर हेर्दा तर छैन तथ्य ।।

रहेछ आँखा अनमोल अङ्ग,
देखिन्छ राम्रो तब लाग्छ दङ्ग ।
देख्दा नराम्रो मन हुन्छ खिन्न,
नयन् नखोल्दा पनि लाग्छ दङ्ग ।।

छ चेतना मानव भित्र धेर,
मिथ्या नबोल्नु तब हुन्छ मेल ।
रहेछ जीवन् अनमोल सत्य,
हटाइ अज्ञान बुझिन्छ तथ्य ।।

संसार हेर्ने नयनै महान,
हुन् सत्य यी साधन नै कमान ।
तेस्रोछ आँखा मनुमा अदृश्य,
छ तथ्य शाश्वत् यस मै विचित्र ।।

प्रकाशन मिति : २०८१ भदौ १३

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 24 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP