Trend
शनिबार , फागुण १६, २०८२

                                              के पी भुसाल ‘अजस’
कुरा अनेकौं मनभित्र डुल्छन्,
तरङ्ग जस्तै लहरेर खेल्छन् ।
अनेक सोंचेर पहाड चढ्छु ,
सारै खुसीभै चुचुरो म टेक्छु ।।

असाध्य राम्रो नभ देख्छु सन्ध्या,
देखिन्छ चौतर्फ बिभोर चङ्गा ।
आकाश छ स्वच्छ अथाह घोर,
कतै रमेको छ खुबै चकोर ।।

अपूर्व यस्तो परिवेश हाइ,
खुसी बनायो अति नै मलाई ।
चौतर्फ पारी क्षितिजै नियाल्दा,
धरा र आकाश छ मेल हेर्दा ।।

हो सत्य मैले भ्रम नै बुझेको,
छ तथ्य यस्मा गहिरो लुकेको ।
अनन्त आकाश किनार छैन,
गोलो छ धर्ती नभ जोडिदैन ।।

अघोर सारै जलधी महान,
निलो छ पानी गग नै समान ।
देखिन्छ जस्तो कहदा नि सत्य,
लिएर हेर्दा तर छैन तथ्य ।।

रहेछ आँखा अनमोल अङ्ग,
देखिन्छ राम्रो तब लाग्छ दङ्ग ।
देख्दा नराम्रो मन हुन्छ खिन्न,
नयन् नखोल्दा पनि लाग्छ दङ्ग ।।

छ चेतना मानव भित्र धेर,
मिथ्या नबोल्नु तब हुन्छ मेल ।
रहेछ जीवन् अनमोल सत्य,
हटाइ अज्ञान बुझिन्छ तथ्य ।।

संसार हेर्ने नयनै महान,
हुन् सत्य यी साधन नै कमान ।
तेस्रोछ आँखा मनुमा अदृश्य,
छ तथ्य शाश्वत् यस मै विचित्र ।।

प्रकाशन मिति : २०८१ भदौ १३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

ॐ श्रीकृष्ण गौशालामा रहेका गौमातालाई आहार वितरण

अर्घाखाँचीमा सातौं अर्घाखाँची महोत्सव हुने

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएमलाई शुभकामना

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP