बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
बैशाख २४ अर्घाखाँची-
मालारानी गाउँपालीका अर्घाखाँचीको आयोजनामा अन्तर वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । खनदहको आदर्श माबिको खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दे कोईरालाले खेलको माध्यमबाट वडा,पालीका,जिल्ला र देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सकिने भन्दै खेलकुद क्षेत्रलाई अझबढी बिकसित गरी लैजानुपर्नेमा जोड दिनु भयो । कोइरालाले बिभिन्न प्रकारका खेलहरुले व्यक्तिको सर्बाङ्गीण बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलकुद कार्यलाई सबैले सहयोग गर्न आग्रह गर्नु भयो । कोइरालाले स्थानीय स्तरमा हुने प्रतियोगिताको माध्यमबाट नै राष्ट्रिय खेलाडी बन्ने भएकोले प्रतियोगिता आयोजनाले राष्ट्रिय खेलाडी निर्माणमा सहयोग पुग्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालको स्वागत मनतब्य र प्राबिधिक प्रमुख हरीषचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न उद्घाटन शत्रमा मालारानी गाउँपालीकाका पुर्बअध्यक्ष बालकृष्ण आचार्य, नेपाली काँग्रेस पालीका अध्यक्ष शोभाखर खनाल,एमाले प्रदेश सदस्य जनार्जन खनाल, नेकपा माओबादी केन्द्र पालीका अध्यक्ष पदम क्षेत्री नेकपा एस पालीका कमिटी अध्यक्ष डालबहादुर चौहान,राजमो पालीका अध्यक्ष योगेन्द्र थापा,जिल्ला खेलकुद बिकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्री लगायतले मनतब्य राख्दै खेलकुद सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भोली सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले रु ६० हजार,द्धतिय हुनेले रु ५० हजार र तृतिय स्थान हासील गर्ने टिमले रु ४० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरीनुको साथै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाइ नगद रु ५ हजार रुपैया प्रदान गरीने प्रमुख प्रशासकिय अधिकृत भुसालले जानकारी दिनुभयो । प्रतियोगितामा नौ वटै वडाबाट सहभागीता रहेको छ ।


Last Updated on: August 24th, 2024 at 4:56 am
३०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया