शनिबार १२ बैशाख २०८३

के पी भुसाल ‘अजस ’

साथी भाइ दिदी बैनी अव कुरा बुझौं,
सहकारी विकासमा सधै हामी जुटौं,
सहकारी साथी भए हुन्न मन खिन्न,
दुखपर्दा खाँचो टार्छ धोका यस्ले दिन्न,
सहकारी क्या राम्रो साथी,
बचत गरौं बचेको धन जति,

धेरैधेरै धन पैसा यस्ले कतै लिन्न,
चुही जाने थोपा बुँद खेर जान दिन्न,
फजुल् खर्च जोगाएर भर्नु पर्छ झोली,
जोगाएर राख्न सके दुख ढाक्छ भोलि,
सह्कारी क्या राम्रो साथी ,
बचत गरौ कसैले नमाति,

दुख पर्दा रिण दिन्छ टन्टा पनि हुन्न,
याज केही लिएपनि धेरै ब्याज लिन्न,
साहु मान्न पर्ने छैन खानु छैन गुन,
धन्य साथी सहकारी दिन्छ सधै रिन,
सहकारी छ हाम्रो साथी,
बचत गरौ बचेको धन जती,

पैसा सधै चिफ्लो हुन्छ अठिदैन हेर,
सहकारी जोगाउछ जान्न धन खेर,
खल्तीबाट झिके जस्तै झिक्न मिल्छ धन,
ब्याजपनि दिन्छ यस्ले खुसी हुन्छ मन,
सहकारी क्या राम्रो साथी,
दुख हुन्छ नराखे धन माति,

दाजु भाइ दिदीबैनी सधै मिल्नु पर्छ,
फाल्तु खर्च बचाएर बचत् गर्नु पर्छ,
घरघरै सेवा दिन्छ यस्ले सधै राम्रो,
विकासको बाहक हो सहकारी हाम्रो,
सहकारी क्या राम्रो साथी,
दुख हुन्छ नराखे धन साँचि,

संसारका धेरैमान्छे आपसमा मिले,
गाउघर बस्ती बस्ती सहकारी खोले,
नयाँ नयाँ प्रविधिमा मिलीजुली जुटे,
सहकारी फस्टाएर समृद्धिमा पुगे,
सहकारी क्या राम्रो साथी,
बचत गरे ब्याज दिन्छ झन जाति,

विज्ञानको युगऐले कुरा बुझ्नु पर्छ,
अग्रगामी निकासको खोजी गर्नु पर्छ,
समानता यस्मा हुन्छ भेदभाव हुन्न,
दुख पर्दा साथ दिने अरू यस्तो हुन्न,
सहकारी क्या राम्रो साथी,
बचत गरे ब्याज दिन्छ झन जाति,

आजैदेखि थालौं अव वचत् गर्नलाई,
दिदीबैनी हामीसबै मिली दाजुभाइ,
समृध्दिको निकासता सहकारी दिन्छ,
आफ्नै सोंच पछि खादा सारै मिठो हुन्छ,
सहकारी क्या राम्रो साथी,
बचत गरौ बचेको धन जति ।।

प्रकाशन मिति : २०७९ चैत १७


Last Updated on: August 24th, 2024 at 4:57 am
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया