Trend

मुतकारिब मुसम्मन अश्लम
सूत्र २२ १२२ २२ १२२
भन्दै नभन्नू नेता असल छ
आखिर मुलुक यो कसले बदल्छ

संसद सभामा के के हुँदो हो
नाचेर वैरी दुनियाँ खोतल्छ

लाग्यो अचानक धक्का मुलुकमा
साम्राज्यभित्रै दङ्गा प्रबल छ

जनता लुटेरै कङ्गाल पार्न
चण्डाल भुसतिघ्रे नै सफल छ

गोली चलाई घुसखोर लाछी
देहान्त तिम्रो भन्छन् सरल छ।

✍️डिल्लीराज घिमिरे ( सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची

प्रकाशन मिति : २०८२ चैत २९ गते

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 28 Views

गजल

  चैत्र २, २०८२ सोमबार 27 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP