
के पी भुसाल अजस – 
हो नाम लक्ष्मी थर देवकोटा,
स्रष्टा तिमी हौ अनमोल निष्ठा ।
पढेर तिम्रा रसदार ठेली,
हटेर जान्छन् मनका तसल्ली ।।
लक्ष्मी तिमी नै रचना गरेका
विधा विधामा नबरस् भरेक ।
पाइन्छ पढ्दा रसका भकारी,
लिन्छौँ खुसी भै मनले सकारी ।।
उद्देश्य ठूला फलदार राख्दै,
अर्ती दिएछौ छुनु चन्द्र भन्दै ।
दुखी सबैको उपकार सोच्दै,
ईश्वर्,बतायौ तन मै छ भन्दै ।।
लेखेर छाड्यौ दुखका कहानी,
आउँछ भनेछौ सुनको विहानी ।
विचार तिम्रा कसरी बताउँ,
इच्छा छ मन्मा म अरू सघाउँ ।।
देखेर पीडा पथमा अरूकै,
भावुक बनेहौ कति भित्र गुन्दै ।
मुना बतायौ पुतली उडायौ,
संसार सारा मनले उतार्यौ ।।
ठाँनेर ठूलो पसिना सबैमा,
थिएन तृष्णा धनको तिमीमा ।
कलम् चलायौ रचना जुरायौ ।
नेपाल देश् कै महिमा बढायौ ।।
लक्ष्मी तिमी ता सहजै विलायौ,
बुझेर श्री कृष्ण सबै बतायौ ।
लक्ष्मी क्षितिज् पार गयौ गगन् मा,
श्री कृष्ण जप्दै उनकै शरण् मा ।।
भेट्दैन कोही तन रूप तिम्रो,
छेकिन्न केही कृति मान तिम्रो ।
लक्ष्मी अटल् छौ तब नक्षत्र एक्,
अटल् छ तिम्रा कृतिको विवेक ।।
प्रकाशन मिति : २०८३ कात्तिक २२