शुक्रबार ३० आश्विन २०८३
श्याम घिमिरे

अर्घाखाँची, असोज ३० । सन्धिखर्क नगरपालिकाले हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कोजाग्रत पूर्णिमाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै मिति २०८३ कार्तिक ९ गते सोमबारका दिन नगरपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सबै शिक्षण संस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिने जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक बिदासम्बन्धी निर्णय प्रकाशित गरिएको उल्लेख छ । नगरपालिकाको उक्त निर्णयअनुसार कोजाग्रत पूर्णिमाको अवसरमा नगर क्षेत्रका सम्बन्धित सरकारी कार्यालय, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरू बन्द रहनेछन् ।


Last Updated on: October 16th, 2026 at 7:58 pm
८ पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑