सोमबार २६ आश्विन २०८३

श्याम घिमिरे, असोज २५ अर्घाखाँची ।
निवृत्त राष्ट्रसेवक समाज नेपाल, जिल्ला समिति अर्घाखाँचीको आयोजनामा विजया दशमी, शुभदीपावली तथा छठपर्व २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सन्धिखर्कमा सम्पन्न भएको छ । समाजका जिल्ला अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता र सचिव नेता भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय सह–अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रीय सह–अध्यक्ष विष्णुप्रसाद बस्याल, केन्द्रीय सदस्यहरू विष्णुप्रसाद आचार्य, पुष्पा न्यौपाने र टामलाल पाण्डे, केन्द्रीय प्रतिनिधि विष्णुप्रसाद भुसाल, जीवनारायण खनाल, लिलबहादुर राउतलगायत पालिका अध्यक्ष तथा प्रदेश र केन्द्रीय प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी, कविहरू कृष्णप्रसाद भुसाल ‘अजस’ र बुद्धिराम गैरेले समयसापेक्ष कविता वाचन गरी कार्यक्रमलाई थप रोचक र साहित्यिक बनाउनु भएको थियो । कार्यक्रममा सहभागीहरूले चाडपर्वको अवसरमा आपसी सद्भाव, एकता र भाइचारालाई सुदृढ बनाउँदै सुख, शान्ति र समृद्धिको शुभकामना आदानप्रदान गरेका थिए ।


Last Updated on: October 12th, 2026 at 7:45 am
१० पटक हेरिएको

तपाईको प्रतिक्रिया

↑