Trend

के पी भुसाल ‘अजस’

नयाँवर्ष आयौ युग यो सकारी,
फस्टाइ सारै खुसका भकारी?
स्वागत् छ हाम्रो मनभित्र आऊ,
हटाइ पीडा सुखमा रमाऊ।।

कालो र मैलो अबता हटाऊ,
छ आस तिम्रै विपती धपाऊ।
दया र माया मनुमा फिँजाऊ,
विभेद हटाऊ सबमा सघाऊ।।

खाँचो छ शिक्षा नवज्योति छन्र्,
चाहिन्छ स्वास्थ् सब काम गर्न।
हटाइ मैलो नयना खुलाऊ,
नयाँवर्ष राम्रा उपहार देऊ।।

नेपाली जनमा नयाँ रस मिलोस् राम्रा र आनन्दका,
केही कष्ट नहौन् अहो मनुजमा पीडा तथा घातका।
सारै शान्ति रहोस् सधैँ मुलुकमा संसारकै सामुमा
नेपाली सबमा तिरासी सालको धेरै छ शुभकामना।।
शुभकामना ! शुभकामना!! शुभकामना !!

प्रकाशन मिति : २०८३ बैशाख १ गते

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २९, २०८२ आइतबार 5 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 28 Views

गजल

  चैत्र २, २०८२ सोमबार 27 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 21 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP