शुक्रबार २९ जेठ २०८३

श्याम घिमिरे
पुष २१ अर्घाखाँची

अर्घाखाँचीमा ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका –२, झरना स्थित निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका सन्धिखर्क नगरपालीका वडानम्वर–११,जोगिमारे निवासी ६१ वर्षिय ओम प्रकाश थापाको बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।

थापालाई काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा चोट लागी घाईते भई उपचारकोलागी जिल्ला अस्पताल लगीएकोमा उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: August 24th, 2024 at 4:03 am
३७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया