बुधबार ३१ आषाढ २०८३

श्याम घिमिरे सन्धिखर्क,
अर्घाखाँची ३१, असार –

सन्धिखर्क नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा नगर कार्यपालिका सदस्य ऋषव अधिकारीको  निधन भएको छ । केही समयदेखि स्वास्थ्य समस्याबाट पीडित ६९ वर्षीय अधिकारीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे निधन भएको हो । जनप्रतिनिधि अधिकारीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सन्धिखर्क नगरपालिकाले आज (असार ३१ गते) एक दिन नगरभर सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले शोक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले जानकारी दिनुभयो । अधिकृत खनालद्वारा जारी सूचना अनुसार असार ३१ गते नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, १२ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, शिक्षण संस्था तथा मातहतका सम्पूर्ण निकायहरू बन्द रहनेछन् ।

नगरपालिकाले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय अधिकारीले स्थानीय विकास र जनसेवामा पुर्याएको योगदानको स्मरण गरेको छ, भने दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ ।


Last Updated on: July 15th, 2026 at 6:20 am
८ पटक हेरिएको

तपाईको प्रतिक्रिया