Trend

श्याम घिमिरे,
चैत ८ अर्घाखाँची –
लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले सहकारीहरु, सदस्य केन्द्रित बन्दै उत्पादनमुखि हुनुपर्नेमा जोड दिनुभएको छ । लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय, सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) दाङको आयोजना र जिल्ला सहकारी संघ अर्घाखाँचीको समन्वयमा बुधवार सन्धिखर्कमा आयोजित सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रि कार्यक्रममा बोल्दै पोख्रेलले यस्तो बताउनुभएको हो ।

पोख्रेलले सहकारीको काम बचत संकलन,ऋण लगानी र ब्याजबाट नाफा कमाउने मात्रै नभई, उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने,आर्थिक स्तर नउठेका समुदायको स्तरबृद्धि गर्ने र प्रविधिको उपयोग गरि रोजगारीको बातावरण सिर्जना गर्ने रहेको भन्दै सहकारीहरुको त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारी भिमप्रसाद तिवारी, राष्ट्रीय सहकारी बोर्डका सदस्य सन्दीप सापकोटा लगायतले प्रशिक्षण मुलक मनतब्य सहित कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, उपाध्यक्ष जानका बन्जाडेको स्वागत मनतब्य र सचिव दोर्ण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला भित्रका बिभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी प्रतिनिधिहरुले सहकारीहरुको बर्तमान अबस्था लगागत सहकारी सम्बन्धी बिभिन्न बिषयमा गुनासो सहित सुझाब समेत राखेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP