शनिबार १९ बैशाख २०८३

चैत ९ अर्घाखाँची-

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड अर्घाखाँची शाखाले सन्धिखर्क नगरपालिका ११ मा रहेकाे बिजय माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका बिभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको बैंकले बुधवार एक दिवसीय वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अर्घाखाँची शाखाका प्रबन्धक लक्ष्मण क्षेत्रीले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका करिब एक सय जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ  । आफ्नाे विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकाेमा विद्यालयका प्रधानाध्यापक भुपाल खनालले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी श्रृजन भुसालले बताउनु भयाे ।


Last Updated on: August 24th, 2024 at 4:58 am
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया