Trend
बिहिबार , पुष १७, २०८२

पुष १, २०८२ –
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै दुई जनाको उम्मेदवारी खारेजी भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमहासचिव पदमा उम्मेदवार दिनुभएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । भृकुटीमण्डपमा चलिरहेको एमालेको महाधिवेशनको आज नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावमा २ हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।

यसैबिच एमालेको जारी ११ औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत मतदानको समय फेरि सरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ । मतदानका लागि राति १ बजेसम्मको समय तोकिएको छ । मतदान विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ। एमाले निर्वान आयोगका अनुसार भोटिङ मेसिनमा विवरण अपलोड हुन समय लागेकाले मतदान समय सार्नुपरेको हो । यसअघि अपरान्ह ४ बजेदेखि मतदान हुने तालिका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP