Trend

पुष १, २०८२ –
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएकामध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लीलामणि गौतम र महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

यस्तै केन्द्रीय सदस्य युवा (४० वर्षमुनि) बाट नरेश रोकाया र सुशीलकुमार थापा, मधेश प्रदेशबाट ४० वर्षमुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (बोहरा) र प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै दुई जनाको उम्मेदवारी खारेजी भएको छ । केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरीको उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।

यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले उम्मेदवारी फिर्ता लिनुभएको छ । उपमहासचिव पदमा उम्मेदवार दिनुभएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । भृकुटीमण्डपमा चलिरहेको एमालेको महाधिवेशनको आज नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चुनावमा २ हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।

यसैबिच एमालेको जारी ११ औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत मतदानको समय फेरि सरेको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ । मतदानका लागि राति १ बजेसम्मको समय तोकिएको छ । मतदान विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ। एमाले निर्वान आयोगका अनुसार भोटिङ मेसिनमा विवरण अपलोड हुन समय लागेकाले मतदान समय सार्नुपरेको हो । यसअघि अपरान्ह ४ बजेदेखि मतदान हुने तालिका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP