

के पी भुसाल ‘अजस’
अर्घा नाम पवित्र ठाम छ जहाँ,वंशज् भुसाल्मै अनि,
सारै सुन्दर फूल, एक दुखले,फुल्दै गरेथ्यो पनि ।
आमा केशवती तथा जनक ता,जीब्लाल नामै छँदो,
छोरा तर्फ हिसाब मान गरदा,माहिलो टङ्कै नहो ।।
पंचायत् दल एकको मुलुकमा शासन् निरङ्कुश् थियो,
जन्ताका हक भोगको अतिव नै,कुण्ठित् गरेकै थियो ।
भेला भै हक खोजने जुलुस ता,केही हुँदै हुन्न थ्यो,
पंचायत् अतिरिक्त्,अरू दलभए,वन्दी हुनै पर्दथ्यो ।।
दुई हजार् उन्चालीस वैशाख् मैना थियो,
पंचायत चुनावको हल्लीखल्ली बढ्यो,
विचौलिया प्रशासक गरे साठगाँठ,
गिरफतार् भए टङ्क उन्कै घरबाट ।।
पिट्नु सम्म पिट्यो साारै लाठी बुट हान्यो,
यातनाको सिमा नाघि पीडा दिई मार्यो ।
सुन्दर् फूल फुल्दै थियो भुसाल वंश भित्र,
अनाहकै जेठ दुईमा चुँड्यो पापी धुर्त ।।
अस्त भयो तारा एक अ खाँ जिल्ला बाट,
मातापिता श्रीमतीमा परयो ठूलो चोट ।
दुखीदाखी गरिवको गुम्यो दायाँ हात,
गुरु गुम्दा विद्यार्थी मा पर्यो ठूलो घात ।।
यस्तो निन्दित चालको सहिदले,पीडा सहेका कुरा,
एकाएक भयो प्रसारण खुबै चौतर्फ फैल्यो पुरा ।
चिन्ता धेर गरेर सज्जनहरू गर्थे विलौना अनि,
आफन्ती जनजो दिदी र बहिनी रुन्थे अचाक्ली पनि ।।
अर्घा शुन्य भयो खुसी गुमिगयो छायो सन्नाटा खुबै,
थाले भन्न जताततै अशुभभो, बुझ्थे कसैले रुँदै ।
ठूलो मास बिचै त्रिबेणी पुरमा,त्यो दाहसंस्कार् भयो,
तारा एक उदाउँदो क्रमछँदो,अस्ताइ टाढा गयो ।।
टङ्कदाइ गयौ तिमी क्षितिज नै तैरेर टाढा गयौ,
तिम्रो भौतिकरूप ता शवभई,त्यागेर एक्लै गयौ ।
तिम्रा सोंच विचारले अटल छौ चम्की रहेछौ अनि,
गर्छौ आदर ता पवित्र मनले श्रध्दासुमन् नै भनी ।।

प्रकाशन मिति : २०८३ जेठ २ गते