Trend
मंगलबार , माघ १४, २०८२

श्याम घिमिरे,बैशाख २५-

मालारानी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगितामा वडानं ८ ले प्रथम स्थान हासील गरेको छ । खनदहको आदर्श माबिको खेल मैदानमा आइतवारबाट सुरु भएको प्रतियोगितामा वडानं ९ द्धितीय र वडानं ५ ले तृतिय स्थान हासिल गरेका छन । खेलमा मालारानी ८ का खेलाडी सुरज बिक उत्कृष्ट खेलाडि र अनुशासित तर्फ शालिग्राम बाँठा मगर पुरस्कृत भएका छन । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले नगद रु ६० हजार,द्धतिय हुनेले ५० हजार र तृतिय स्थान हासील गर्ने टिमले रु ४० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

बिजयी खेलाडिहरुलाई मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, शिक्षा अधिकृत रमेश पन्थी , नेकपा माओबादी केन्द्रका पालिका कमिटी अध्यक्ष पदम क्षेत्री लगायतले बधाई सहित सुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो । पुरस्कार बितरण तथा समापन कार्यक्रम पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालको अध्यक्षता र प्राबिधिक प्रमुख हरिषचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुशासित पुर्बक खेल खेल्ने एक/एक जना खेलाडिलाई नेकपा माओबादी केन्द्र मालारानी गाउँपालिका कमिटी अध्यक्ष पदम क्षेत्रीले क्रमश रु ५ हजार र १ हजार नगद पुरस्कारले सम्मान समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने


TOP