Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,बैशाख २५-

मालारानी गाउँपालिकाको आयोजनामा सञ्चालन भएको अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगितामा वडानं ८ ले प्रथम स्थान हासील गरेको छ । खनदहको आदर्श माबिको खेल मैदानमा आइतवारबाट सुरु भएको प्रतियोगितामा वडानं ९ द्धितीय र वडानं ५ ले तृतिय स्थान हासिल गरेका छन । खेलमा मालारानी ८ का खेलाडी सुरज बिक उत्कृष्ट खेलाडि र अनुशासित तर्फ शालिग्राम बाँठा मगर पुरस्कृत भएका छन । प्रतियोगितामा प्रथम स्थान हासील गर्ने टिमले नगद रु ६० हजार,द्धतिय हुनेले ५० हजार र तृतिय स्थान हासील गर्ने टिमले रु ४० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

बिजयी खेलाडिहरुलाई मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, शिक्षा अधिकृत रमेश पन्थी , नेकपा माओबादी केन्द्रका पालिका कमिटी अध्यक्ष पदम क्षेत्री लगायतले बधाई सहित सुभकामना मनतब्य व्यक्त गर्नुभएको थियो । पुरस्कार बितरण तथा समापन कार्यक्रम पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालको अध्यक्षता र प्राबिधिक प्रमुख हरिषचन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने र अनुशासित पुर्बक खेल खेल्ने एक/एक जना खेलाडिलाई नेकपा माओबादी केन्द्र मालारानी गाउँपालिका कमिटी अध्यक्ष पदम क्षेत्रीले क्रमश रु ५ हजार र १ हजार नगद पुरस्कारले सम्मान समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP