
श्याम घिमिरे,१५ कार्तिक- अर्घाखाँची युवा परिषद्को आयोजना भोली बिहिबारदेखि हुने चौथो एवाईसी भलिबल रनिङशिल्ड प्रतियोगिता सबै तयारी पुरा भएको छ । सन्धिखर्क स्थित टुडिखेलमा हुने भलिबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक संस्थाले आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । प्रतियोगितामा अर्घाखाँचीका ६ वटै पालीकाहरुको सहभागीता रहने परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानकारी दिनुभयो ।
पालिका बाहेकका २ जना सम्म बाहिरी खेलाडी थप गरि समाबेश गर्न सकिने खेल संयोजक तथा संस्थाका पुर्व अध्यक्ष कृष्ण भुसालले बताउनु भयो । सहभागी पालिकाका सबै खेलाडीलाई आफ्नो पालिकाको पहिचान हुनेगरी जर्सि र व्यानर सहित खेलमा सहभागी हुन परिषद्का महासचिव प्रकाश भुसालले आग्रह गर्नुभयो ।

जिल्लाको चर्चित प्रतियोगिताको रुपमा सञ्चालन हुदै आएको प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार दोस्रो हुनेलाई रु ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार नगद पुरस्कारको व्यवस्था गरीएको आयोजकले अर्घाखाँची युवा परिषद्ले जनाएको छ । बिहिबार बिहान ११ बजे देखि सुरुहुने प्रतियोगिताको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गर्ने बताईएको छ । लिग सिस्टममा खेलाईने खेल यहि १८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।