Trend

केपी भुसाल ’अजस’
(सुधाले अनाथालयबाट पढ्दै गर्दा)
(१२१)
कोहीछन् सुखमा सदै करुणमा छोरा र छोरीहरू,
कोहीछन् पथमा रुदै दुखदले मागेर खानेहरू ,
ज्यालाका भरमा अनेक गरदै देखिन्छ बाँच्नेहरू,
भेटिन्छन् अलपत्र शैशवका भोगाइ पीडाहरू,
(१२२)
फाल्छन् शैशवला अघोर जननी,पीडा र मायाँभुलि,
छोड्छन् काख छुटाइ बालकहरू खोज्ने विलासी जुनी,
पाल्छन् कै करुणा हुने जनसधै खोजेर बच्चाहरू,
राख्छन् इज्यतले खुबै मनदिदै,खोलेर आश्रम् हरू,
(१२३)
आँखै बाट हटेर नेत्रजलता भागे सुधाले रुदा,
कालीकुञ्ज दुवै लुके हृदयमा आउ्थे झझल्को लिदा,
पीडाकी कुटुरी सुधा हरघडी केही नमान्दै भय,
प्यारी भै कनजो सबै नजरकी बस्थी अनाथालय ,
(१२४)
बस्थे कैयन बाल हर्षित हुदै, लाएर राम्रा लुगा,
उन्कै साथ मिलेर आश्रमसदै बस्थी अकेली सुधा,
हेर्दा झट्ट सबैजसो नजरमा, पर्थी किसोरी हुदा,
बोल्थी नम्रभएर भाबुक सदै,लाग्थी अरूला सुधा,
(१२५)
बस्थिन् आश्रममा सदा करुणकी,भण्डार नारी दिजा,
केही स्वार्थ थिएन खास उनमा,गर्थीन् सबैकाम् सिधा,
आमाबाबु नभै कतै सडकमा, खेल्ने अनाथीकन,
आमा कै ममता दिजा दिनुहुदा पर्थे अचम्मै जन,
(१२६)
मेधावी अतिनै सुधा पढनला सारै हुदा अब्बल ,
गर्थी आस पढे कुनैदिन भने होला ठुलो मङ्गल,
बोल्थी नम्रसदै अनाथ विचरी,लाग्थी खुसीझै पनि,
लिन्थी आश्रयता सुधा हरघडी आमा दिजाला भनि,
(१२७)
पढ्दै थी परिचारिका रहरले सारै इराधा हुदा,
सेवा मै गरुला खुबै गरिवको भन्थी सदैनै सुधा,
एक्कासी हुनगै ठुलो सकसमा,सारै बिमारी हुदा,
भर्नाभैकन दुःख हस्पिटलमा रोहेर भोग्थी सुधा,
(१२८)
झट्टै गर्नु थियो चिरेर तनला बेथा निकाल्नु थियो,
डाक्टर्को अचुक प्रयास भरमा आसा झिनोनै थियो,
तत्कालै अति नै छिटो रगतको, खाचो भएको थियो,
धेरै मानिसको ब्लड ग्रुप अझै मिल्दै नमिल्ने थियो,
(१२९)
बस्थे कै भरिया गरेर करिया सुत्थे सडक् छेउमा,
बेच्थे खाँन शरीरको बलडता संचैरहे जीउमा,
खोज्दैजो गरदा सुधा बिच कुले मिल्यो रगत् ता सिधै,
पल्लेदार कुले दियो बलडता,पैसा रगत् को लिदै,
(१३०)
बाँच्ने आस भयो सुधा दिनदिनै सारै सुधारै भयो,
वैलेको पिपिरो सुभाग्य बहदा, बाँचेर हास्ने भयो,
ज्यादै हर्ष भयो दिजा र खुसले हर्षाश्रु धेरै बगे,
हर्षैहर्ष मनाउदै सबजना, सारै खुसीमा रहे ।।
क्रमश…..

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

मतदाताहरूलाई निराश नहुन पीताम्बर भुसालको आग्रह

मत – छन्द : तोटक

गजल

साईनबोर्डका अक्षर कोर्ने हात अब संसदमा कानुन लेख्ने जिम्मेवारीमा

जनमत – लोकछन्द

श्रीकृष्ण भुसालको नजरमा पिताम्बर भुसाल, पिताम्बर भुसाल नै अर्घाखाँचीका लागि योग्य, नैतिक र भरोसायोग्य उम्मेदवार – एमाले नेता श्रीकृष्ण भुसाल


TOP