बुधबार १६ बैशाख २०८३

वैशाख १६, – नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएका खण्डहरूमा अहिले सडक सुरक्षासम्बन्धी काम सुरु गरिएको छ । पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार सडकमा सेतो–पहेँलो चिह्न बनाउने, डिभाइडर रंगाउने, सिमेन्ट बार राख्ने र ट्राफिक संकेत जडान गर्ने काम भइरहेको छ ।

६५ किमिमध्ये करिब ७ किमि सडक अझै कच्ची रहे पनि बाँकी क्षेत्रमा कालोपत्रे सडक सञ्चालनमा आइसकेको छ । हालसम्म पूर्वी खण्डमा ८१ प्रतिशत भौतिक प्रगति भएको छ भने दाउन्ने बाहेक अन्य क्षेत्रमा यात्रा सहज भएको जनाइएको छ ।

२०७५ माघमा सुरु भएको ११३ किमि लामो यो आयोजना निर्धारित समयमा नसकिएपछि चौथोपटक म्याद थप गरी आउँदो साउनसम्म पु¥याइएको छ । एडीबीको ऋण सहयोगमा सञ्चालन भइरहेको आयोजनाको कुल लागत करिब १६ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।


Last Updated on: April 29th, 2026 at 2:26 pm
१ पटक हेरिएको

तपाईको प्रतिक्रिया