Trend

केपी भुसाल ’अजस’
(१)
नेपाली जन हौँ यदा सहजको आफ्नै छ हाम्रो पन,
राखौं है यसला सदा करुणले जोगाइ हामी जन,
पुर्खाले गरने सबै चलनहुन्, हाम्रा ठुला सम्पति,
गिल्ला जो यिनको गरेर अहिले होला र राम्रो गति,
(२)
हाम्राछन् अनमोल उत्सवहरू मेला र चाड्का ऋत,
विज्ञानी सबले प्रयोग गरदा , होला सबैको हित,
भुल्दै जो गरदा पुरातनहरू बढ्दै छ अज्ञान यहाँ,
संस्कारै भुलदै अनित्य रसमा पौडेर जाने कहाँ,
(३)
हाम्रा चाडहरू अनेक जसमा हो एउटा तीज् अनि,
नेपाली महिला दिदी र बहिनी मान्छन् असाध्यै पनि,
यस्को जो छ सनातनी चलनता गर्ने ठुलो बर्त हो,
खानेहो दर छाक एक यसमा, सारा अरू मात हो,
(४)
आयो बेथिति तीजमा दिनदिनै संस्कार हट्दै गयो,
रक्सी मासु बिना अझै र नहुने,बैदिक् कहाँको भयो,
फाल्दैछन् जनले नसालु लतमा संस्कार चल्ती अनि,
आधा नग्न हुदै कठै मनखुसी नाचेर नारी पनि,
(५)
हाम्रा चाड दसै तिहार सब यी सारै ठुला पर्वमा,
हीन्दू भैकन धर्मघात गरदा होलार राम्रो कहाँ,
रक्सी जाँड जुवा समाज बिचमा बढ्दो छ यिन्को गति,
यस्तै चाल चले अझै मुलुकमा विक् राल बन्ला थिति,
(६)
नेपाली पनला चटक्क भुलदै केहो कहाँ खोजने,
मिल्नेछैन सनातनी सयलता कुख्याति हो भेटने,
छल्ने रीतिरिवाज् समाज बिचका त्योता महा मूर्ख हो,
नारी हो नर हो सनातन भुले दोषी र घाती नहो,
(७)
देखालो सब चाडबाड भनदै खर्चेर औधी धन,
बन्छन् दुर्जनता सधैर अयसी काडेर बेत्थाऋण,
टार्ने छाक भरे र भोलि कसरी खाली छ भाँडो सधै
रक्सी मासु अचार छाँट घटिया पुग्ने कहाँहो अझै,
(८)
बच्चा सानु सधै कुपोषण हुदा, बेहाल काखैभरी,
आमा बाबु सधैभरी बगरमा ठेला छ हातै भरी
खाने हैन अनाज ती जनहरू,खान्छन् असाध्य चिज,
ब्यर्थै ती पसिना बगे तनभरी, खाएसरी भो विष,
(९)
आमाबाबु दिदी र दाजु बहिनी,बुझौ सबैले कुरा,
हाम्रो चल्ति सनातनी अजरहो, सारै छ राम्रो पुरा,
यस्कै रीति सदा बुझेर बढदा,होलान् सबैथोक् पुरा
नेपाली पनला सधै शिरधरे मिल्ने छ औधी कुरा ।।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP