Trend

चैत २६, २०८२ बिहीबार – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले हाजिरी जमानतमा रिहा गरेको छ। प्रहरीले ओलीलाई शिक्षण अस्पतालबाटै परिवारको जिम्मा लगाएको जनाएको छ। ओली र लेखकका परिवारले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले काठमाण्डौ जिल्ला अदालतबाट थपिएको ५ दिनको म्याद सकिएपछि हिरासत मुक्त गर्न आदेश दिएको थियो।

पछिल्लो पटक थपिएको ५ दिनको म्याद गएराति सकिएसँगै आज दुवै जनालाई रिहा गरिएको हो। उनीहरुलाई प्रहरीले यही १४ गते पक्राउ गरेको थियो। १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि भोलिपल्ट उनीहरुलाई घरबाटै पक्राउ गरिएको थियो। उक्त आयोगले उनीहरुले लापरवाहीपूर्ण तथा हेलचेक्र्याइँपूर्ण व्यवहारका कारण मानवीय क्षति भएको ठहर गर्दै फौजदारी कसुरअन्तर्गत अनुसन्धान गर्न सिफारिस गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP