Trend
बुधबार , फागुण ६, २०८२

केपी भुसाल ’अजस’
(विदेशबाट कालीको संकट मोचन,)
(९१)
फसायो पापीले भुल अति भयो लालच पनि,
न सोचे कै मैले सहनु कसरी घातक अनि,
मलाई छक्कायो सहचर हुदै शत्रु कपटी ,
छु चाहेकी मैले छुटन अतिनै यो छटपटी ,
(९२)
कसैला यै ठाउँ अनुपम छ राम्रो जगतमा,
बसेकैछन् कोही सुख सयल गर्दै महलमा,
छु मै दुःखी ऐले कहनु कसलाई सकसमा,
सुनाउँदा सुन्ने,नछ सहचर कोही नजिकमा,
(९३)
म बस्नै पर्नेहो जति दुख भएता पनि घरै,
म छोरी पाल्नै थ्यौ कसकन म छाडें भरभरै,
म खाएकी थियें कसम उसला जीवन दिने,
न तोड्ने बाचा हो, हतपत म तोडें मन डुलेँ,
(९४)
म पापी हो सारै, पर पुरुषको साथ हिडने,
म भोगी हो सारै, तन नवशमा इन्द्रिय हुने,
म ढोँगी हो सारै, वचन पतिका अप्रिय हुने,
यसैलेता सारै, सकस तनको काम छ रुने,
(९५)
म थियें निर्मल् ती,दिन चरणता पावन गए,
मता साझा ऐले,रसद सबकी संचित भयेँ,
छ पीडाको साथै जलन अतिनै कर्म खतुकी,
म बाँच्ने ब्यर्थै हो,भनु म कसला यी दिनलुकि,
(९६)
म हो प्यारा तिम्रै भनु म अबता कौन थितिमा
हटेकै छैनौ छौ, तर पति तिमी यो हृदयमा,
न कुल्चे है प्यारा मिलन म हुदा रक्षक बने,
र मैले माफी माग्दा कटुवचन मेरा सब भुले,
(९७)
थियौ सानै छोरी तर निठुर आमा भुल गरेँ,
थियो तिम्रो पढ्ने समय जसको घात म गरेँ,
लुकाएकी तिम्रो तर छु अति मायाँ हृदयमा,
क्षमा पाउँ छोरी भुल कसुर मेरो विनय मा,
(९८)
न निद्रा रातीमा न सहज भयो भोक दिनमा,
न तिर्खा पानीको कलकल अचाक्ली छ तनमा,
न था पायें केही शरदऋतु जादा दशपनि,
छु रोहेकी चेली समय गतिको चाल् दिनगनि,
(९९)
मलाई सारैनै छटपट भयो भित्र बसदा,
भयो है गाहारो सकस मनको भार बढदा,
कृपासारै देखाउ् मनुजगुण केही सुजनले,
विधाताको कृपा हुनुछ अबता भन्छु मनले,
(१००)
ल लैजा हावाले कठिन दिनचर्या द्रुतगति,
सुनामी मेरा यी बुझुन जन छोरी प्रियपति,
कुरा यस्तै पोख्दै सत वचन काली मनमनै,
पुकार्थी ईश् लाई हर तरह काली दिनदिनै ।।
क्रमश…….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP