केपी भुसाल, ’अजस’
(काली कुञ्जबाट सम्पर्क बिहिन)
(७१)
गर्थ्यौ फोन सदै खुसी र मनले काली तिमीले मला,
छाड्यौ खै किन हो चटक्क निठुरी सारेर मायाँ कला,
छैनौरे घरमा छ मास बितदा, बाटो समायौ कता,
खाडीको अति तापमा नसिबको,भोग्दै छु पीडा मता,
(७२)
भन्यौ कै दिनता खुसी र मनले तिम्रो म छायाँ भनि,
बाचौंला सुख दुखमा सहजले भन्थ्यौ जुनीका जुनी,
गर्यौ जाल कुचालले किन यसो ,सारै हतारो अनि,
मेरो जीवन पोतला बिच नदी, छाडेर भाग्यौ पनि,
(७३)
तिम्रै सोंच बिचारले महलको निर्माण गर्दै थियौ,
दुःखीका परिवारको मनखुसी,नावी बनेकी थियौ,
मेरा जीवनको सुधा रसदको चाबी बुझेकी थियौ,
यी मेरा सबथोक भार कसरी, कुल्चेर रम्ने भयौ,
(७४)
छोरीको ममता चटक्क कसरी बिर्सेर भाग्यौ तिमी,
खोज्दी हो बिचरी सखा खुसहुदा मेरा पिता खै भनि,
छोरी त्याग गरेर भोग गरने, कस्तो बतासे मन,
काखे बालकला थुनेर कसरी छाड्यौ तिमी नै भन,
(७५)
मेरो जीवनका हरेक सपना सारा खरानी भए,
कैयौं आँट र सोचना मिलनका अन्यौलमा रै रहे,
बत्ती हौ घरकी भनेर गनदा,काली अधेरी भयौ,
लक्ष्मी नाम दिएर मान गरदा चण्डालिनीपो गयौ,
(७६)
तिम्रो जीवन चालका हरकुरा,देख्दैन मिल्दा अनि,
तिम्रो सुन्दर रूपको जगतमा नामै छ काली पनि,
तिम्रा भोग विलासको वरदले,मान्ला नमान्ला गुन,
मेरो जीवनमा कलङ्क बनदै, सारै लगायौ घुन,
(७७)
धर्तीको अनमोल सृष्टि मनुवा एकै सबै हुन्छर,
दुःखीका घरमा भला अमिरको हेलै कहाँ मिल्छर,
नाना काम थरीथरी जगतमा, मान्छे अनेकौ थर,
दुःखी या अमिरी सलील पनिता खाँने बसी हुन्छर,
(७८)
यो मेरो मनला चुँडेर हरदै ताला लगाकी हुदा,
बन्दी यो मनले खुलेर अवता सक्दैन हाँस्न कदा,
छायाँनै रहिनौ खुसी हरदियौ यो जन्म यस्तै भयो,
भत्कायौ परिवारको जग मेरो सारा बिचल्ली भयो,
(७९)
कै चिन्ता नलिए बचे सयलले काली तिमीता अझै,
मान्छे हौ जननी रहे नयन झै पीडा नपाए म झै,
तिम्रा जीवनमा कुनै अवकतै चिन्ता नपारोस् भय
मै दुःखी पनिता पवित्र मनले जप्दै छु तिम्रै जय,
( ८०)
यस्तै गन्थन कुञ्जवीर मनले गर्थ्यौ विरागी रुदै,
भन्थ्यौ यी मनका कुरा सहजले भेटेर सोधे कसै,
इच्छा थे उसका करोडपतिका अन्यौलपो भैगए,
पायो रोड्पति कुञ्जवीर सहजै,स्वप्ना हराए गए ।।
क्रमश…….
TOP