Trend
सोमबार , मंग्सिर ३०, २०८२

केपी भुसाल ’अजस’

(१)

दाजुहो भाइहो राम्ररी सोचन,
ए दिदी बेसरी योकुरा खोजन,
संस्कृति ज्ञानला माथले सोचन,
बैदिक ज्ञानको मान्यता संझन,
(२)
संस्कृत ज्ञानले जोगिने संस्कृति,
बिज्ञजो बन्नला चाहिने संस्कृति,
संस्कृति बिर्सिए फैलने बेथिति,
संस्कृत ज्ञानहो संयमी ओषति,
(३)
धर्ममा नित्यता धर्म हो वैदिक,
वेदका मन्त्रमा शक्ति छन् दैविक,
सृष्टिको साथमा देवको शक्तिले,
स्वःप्रकट् वेदला पढ्नु हो भक्तिले,
(४)
वेदको अध्यन ज्ञानहो प्राचिन,
प्राचिन ज्ञानला बिर्सिनै मिल्दिन,
जोसमा बिर्सिए धर्म र संस्कृति,
होसमा चाहदा पाइदैन् पर्गति,
(५)
नेपाल देशका कैयनौ ठाउमा,
खोलदै जानुले संस्कृत स्कूल,
बिग्रने छैनहै रीति र संस्कृति,
जन्मने छैनहै बिक्रिति दुर्गति,
(६)
दाजुहो भाइहो सोचतो ध्यानदी,
थापना भैसको स्कूलहै पाणिनि,
जोकुनै चाहने संस्कृतै शिक्षण,
बैदिक ज्ञानको पाइन्छ पोषण,
(७)
सन्धियो खर्कको स्कूलजो पाणिनि,
हुर्कने औसरै पाउदा बढ्छनी,
वेदको रक्षकै बन्छहै सर्बदा,
संस्कृत ज्ञानको चन्द्रमा चम्कदा,
(८)
स्कूलयो चल्नला चाहिने आर्थिक,
आर्थिकै जुट्नला भैसको संकट,
चाहना राख्नुहै तेलजो थप्नला
संस्कृत ज्ञानको दीपला बाल्नला,
(९)
दानजो गर्नला चाहना गर्नुहै,
पुण्ययो कर्ममा अग्रसर् बन्नुहै,
थोरजो दाननी धेरको जोडिदा,
पार्छहै उज्जलै दीपमा थप् हुदा,
(१०)
आफना हातले दानजो गर्नुता,
भाग्यहो भक्तला सोचदा संझदा,
थापना गर्नुभै अक्षय कोषको,
रक्षकै बन्नुहै संस्कृत ज्ञानको ।।
इति……

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP