Trend

निम्बतरु

ओ भाइ !

काठमाडौं भेटियो ?

मैले त मेरो जन्म गाउँ फेला पारें

गाउँसँग भेट भयो

अफशोस तिमीले काठमाडौं फेला पार्न सकेनौ

रैथाने संस्कृति

परम्परागत घर

सनातनी मानिस

 

प्रचलित जीवन

फेला परेन कहीँ पनि

न फोसिल न अस्तित्वको अवशेष

काठमाडौंमा दशैं फेला परेन

तिहार,छठ,माघे संक्राति,ल्होसार र आदि फेला परेन

झ्याउरे,रोधी,सोरठी न सेलो फेला पर्यो

देवल थिए वास्तविक देवता थिएनन

घण्टा चमर थिए घोषवाक्यहरु थिएनन्

काठमाडौं कोट्याउँदा पनि

नियोलिथिक एज शिर्षकको कवितामा पनि भेटिएन

काठमाडौंको गन्ध

मेरो अन्तिरन्जित सपना

हर्क साम्पाङको वाइल्डेष्ट ड्रिमसँग म्याच खान्छ

तर चन्द्रागिरीको चोतिबाट हेर्दा पनि

ट्राफिक जाममा परेर क्युमा बसिरहेको

थानकोटको सवारी साधन जस्तै देखिन्छ सपना ।

शिवपुरीको जँगलबाट

वनमारा सरेर काठमाडौंमा खाईरहेथ्यो

बालेनको सपना

जाराकाण्ड र धुपीसल्लो थियो सपना

नागार्जुनबाट उडेका पातहरु जेसुकै हुन्

फुटपाथका ठेलाहरुमा खसिरहेथे आँसु

काठमाडौं फेला पार्न नसकेर

म आफ्नै गाउँमा फर्कनेछु

र मेरो जंगली सपना रोप्नेछु ।।

प्रकाशन मिति : २०८० चैत १७

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP