Trend
बिहिबार , माघ २, २०८२

                          के पी भुसाल ‘अजस’
रुन्थी विरागी मनले गुनेर,
हाँस्थी विरागी दुख नै भुलेर ।
हेर्थी विरागी डरले लुकेर,
भाल्थे सबैले नखरी भनेर् ।।

मैलो असाध्यै शिरमा कपाल,
डुल्थे जटामा जुमरा हजार ।
घुम्थे तनैमा भुसुना कमाल,
गर्थे कसैले मनले हकार ।।

थी औधि काली अनुहार हेर्दा,
घुर्थी लखौरी खुब सास फेर्दा ।
चल्थ्यौ अचाक्ली हरकै अनौठो,
लाग्थी सबैला मृतको अगुल्टो ।।

गर्थी इसारा शिरले ल आउ,
भन्थी लजाएर म खाँन पाउँ ।
मिल्थ्यौ न कोही मनको सकार,
हिड्थे कसैले गरदै हतार ।।

झाडी घनाका बिचमा हजार,
गर्थे अनेकौं बसमा सवार ।
बस्थी विरागी पथमा रुगेर,
राखेन कोही बसमा सवार ।।

राती उसैमा धमिलो प्रकाश ,
खोज्थी विरागी मनुको समाज ।
हेर्थे ज जस्ले मनुवा उभेर,
भाग्थे सबैले भुत हो भनेर ।।

नारी अकेली दिनरात डुल्दा,
भारी अनौंठो वनमा चहार्दा ।
कोर्दैन काँडा पनि देहलाई,
बाँच्थी विरागी खुब कन्द खाइ ।।

इच्छा कसैका सुख साथ बाँच्ने,
हुन्छन् अनेकौं मन नै बराल्ने ।
पुग्दैन केही मनको कथाइ,
होला विरक्तै मन नै हराइ ।।

लाग्यो डढेलो वनमा अफाप,
पार्यो डढेलो वनता सखाप ।
आगो डढायो वनमा अचाक्ली ,
प्राणी सबैको हुनगो विचल्ली ।।

देखिन्छ औधी वनको डढेलो,
देख्दैन कोही मनको डढेलो ।
आगो जलेको वनमा अधेरो,
मन्मा डढेलो दुनिया अधेरो ।।

वन्को डढेलोत वहार ल्याउछ,
मन्को जलन्ले तनमा जलाउछ ।
आगो वनैको सबको छ चाँसो,
ज्वाला मनैको हुन जान्छ हाँसो ।।

मन्को जलन्ले विरागी बनायो,
मन्कै जलन्ले वनमा बसाल्यो ।
लाग्यो डढेलो वनमा रमाइ,
आँधी उसैमा बिचमा विरागी ।।

प्रकाशन मिति : २०८१ मंसिर ११

 

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP