Trend
बुधबार , फागुण ६, २०८२

           के पी भुसाल ’अजस’

म भुइँमान्छे,छन् काम धेरै,
जति गरेनि छैन मान मेरै ।
जिउ बढेको खाएर खोले,
भएँ म ऐले खै किन झोले ।।

मिठो खाँदा, म हुन्छु पछाडि,
भाटा खाँदा, सधै अगाडि ।
सजाय हुन्छ मनखुशी बोले,
भएँ कसरी? म ऐले झोले ।।

हिड्दा सधै म खटनपटनमा,
हुदैन दाम पनित गोजीमा ।
कृपा अरूकै छ बाँच्नु मैले,
भन्छन् किन हँ,मलाई झोले ।।

सबथोक् काम घरका लुकाई
पीडा हुदा, तर मुख हसाई ।
न जुट्छ घरमा,सहजै खोले,
भएँ दलको, म सच्चा झोले ।।

आशा भरोसा अनेक लिएँ,
समृध्दि घरको, निधो म पाएँ ।
हृदय खोल्दै, अगुवा त बोले,
तब म भएँ, अन्धभक्त झोले ।।

माथि हेर्छु लुछाचुँडी हुन्छन्
अगुवा जन त सबथोक गर्छन् ।
म भुइँ मान्छे विकट घर टोले,
निरीह जीवन रहेछ झोले ।।

फुली र मुन्द्री अनुराग् लिन्छन्
ठुला पद त आफ्नैमा दिन्छन् ।
दिवा सपना म देखें पहिले,
कसरी बाँच्नु झोले म अहिले ।।

जानुछ अबता स्वदेश छाडी,
रहेछ एकल विकल्प खाडी ।
मदत देऊ हेनाथ भोले,
गर्छु पुकार अनाथ, म झोले ।।

प्रकाशन मिति : २०८१ फागुन १२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP