Trend

                                                                        के पी भुसाल ’अजस’

खादैछन् पसिना लुछाचुँड गरी घाती र पापीहरू,
भोग्दैछन् बिचरा निरीह जनता,पीडा र सास्ती हरू ।
खान्छन् घोर जुके तथापि यिनले केही नसोची तर,
झोले छन् यिनका अझै जहरिला, चम्चागिरी हैनर ।।

लुट्दैछन् ढुकुटी बडा नकचरा,यस्तो कहाँ मिल्छर,
यस्ता धुर्त बचाउमा निकटछन्, झोले सधै हैनर ।
चम्चा यी भतुवा कलो कठिनले,खाएर बाँच्छन् तर,
झोले ती लठुवा मुढा सनकमा,दिन्छन् बुता हैनर ।।

पापी यी कपटी गरे अतिगरे, झोले नबुझ्ने किन,
नेपाली गरिमा कुचेर यिनले, मिथ्या लिदैछन् रिन ।
लड्ने बान्धवहो सधै फगतमा, चाट्दै कलो हैनर,
लुट्छन् धुर्तहरू,मिली धन सधै झोले कहाँ बुझ्छर ।।

यिन्कै पक्ष भए सदा जनहरू,लिन्छन् सुरक्षा किन,
जन्ता धेर बुझे नायक चिने, झोले नचिन्ने किन ।
तिम्रै आड भयो सधै जहरता, झोले दिदै छौ किन,
तिम्रा कर्तुत नै हलाहल भए, झोले बुझेनौ किन ।।

पूर्खाको इतिहास गौरव गुमे, फिर्ता कहाँ मिल्छर,
बोक्छौ पाप अझै धरा जगतको,खान्छौ पुरा हैनर ।
झोले भै बचने सधै कुपथमा, लाग्यौ तिमीले तर,
हुन्छौ सन्ततिको विकास लुटने,धोका दिने खन्जर ।।

गर्छन् नायकले सधै मनखुशी,भुल्दै अरूका गुन,
राम्रा ती पदमा अयोग्य उनकै राख्छन् हितैषी जन ।
नातावाद नभै ठुला पदहरू कस्ले लिए लौ भन,
यस्ता खेल हुदा निरीह अझभै,झोले पिछा छौ किन ।।

माली हुन्छ बडा सधै जगतमा, उद्यान रक्षा गरे,
हुन्छन् नायक नै बडा मुलुकमा, ज्ञानी विवेकी भए ।
फुल्छन् फूल सदैव,खाद जलले,सिञ्चित् उद्यान रहे,
हुन्छन् हर्षितमा सबै जनहरू,नायक् निसाफी भए ।।

प्रकाशन मिति: २०८२ जेठ २३

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP