Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे
अर्घाखाँची पुष ३०-

लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड् (लुहेश्को ) अर्घाखाँचीको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सन्धिखर्कमा सनिबार सम्पन्न साधारण सभाको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन मनतब्य राख्दै कोइरालाले जिल्लाको समग्र बिकासमा शिक्षा र स्वास्थ्यको महत्वपुर्ण भुमिका रहेको भन्दै यि दुबैको बिकासमा जिल्लाबासीहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । लुहेश्कोले हरेक गतिबिधिहरु जनतासंग नजिक भएर गर्ने गरेको भन्दै कोइरालाले कोभिड १९ संक्रमणको जटिल समयमा पनि संस्थाले जिल्लामा ठुलो सहयोग गरेको बताउदै स्वास्थ्य क्षेत्रमा लुहेस्कोले गर्दे आईरहेकोे भुमिकाको प्रंसशा पनि गर्नुभयो । कोइरालाले अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी आम जनताको मन जित्न लुहेश्कोलाई आग्रह समेत गर्नुभयो ।

संस्थाका अध्यक्ष संगिता बेल्बासेको अध्यक्षता, कोषध्यक्ष सुमन केसीको स्वागत मनतब्य र सचिव नेत्र प्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तिलक मिश्र, औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई, अर्घाखाँची हस्पिटल प्रा.लि.का अध्यक्ष नारायण प्रसाद पौडेल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विरेन्द्र केसीलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने दुई जना व्यवसायीहरु कृष्ण प्रसाद बन्जाडे र बिष्णु प्रसाद भुसाल यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुका छोराछोरीहरुमध्येबाट आशिका घिमिरेलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

२०६४ सालमा स्थापना भएको लुहेस्को लिमिटेडले स्वास्थ्य क्षेत्रमा जिल्लामा बिभिन्न गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ । संस्थामा हाल ५७ जना शेयर सदस्यहरु रहेका छन भने करीब ७० लाख बराबरको शेयर पुँजि रहेको संस्थाले जनाएको छ । साधारण सभाले संस्थालाई थप व्यवस्थीत तरीकाले सञ्चालन गर्ने निर्णय गरेको संस्थाका संस्थापक अध्यक्ष तिलक मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई


TOP