शुक्रबार २६ भाद्र २०८३

– सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानूनअनुसार कारबाही गर्ने स्वास्थ्यमन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो ।

अस्ति भदौ २४ गते बिहान ३० वर्षीया बबिताकुमारी पासवानले अस्पतालको मूल गेटबाहिर शिशुलाई जन्म दिनुएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो । source : ujyaaloonline


Last Updated on: September 11th, 2026 at 8:47 pm
३ पटक हेरिएको

तपाईको प्रतिक्रिया