Trend

श्याम घिमिरे,
माघ २० सन्धिखर्क-
नेपाल रेडक्रस सोसाईटी सन्धिखर्क नगरपालीका वडानम्वर १,२ र ३ उपशाखाको साधारण सभा तथा अधिबेशन सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ । अधिबेशनले लेखनाथ भुसालको सभापतित्वमा ११ सदस्यीय कार्य समितिको निर्बिरोध चयन गरेको छ । जसको उपसभापतिमा मेनुका पौडेल, सचिवमा अम्बीका बेल्वासे श्रेष्ठ,कोषाध्यक्षमा भेषबहादुर केसी,उपसचिवमा पशुपति ढकाल र सहकोषाध्यक्षमा सकुन्तला भुसाल अधिकारी चयन हुनभएको छ ।

यस्तै समितिको सदस्यहरुमा बाबुराम खड्का,मुमबहादुर महत मुनाल,जगत प्रसाद भुसाल र लक्ष्मी श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य शम्भु पोख्रेल,जिल्ला रेडक्रस जिल्ला शाखा मन्त्री चन्द्र प्रसाद बन्जाडे,रेडक्रसका ठाकुर अधिकारी लगायको उपस्थिति रहेको थियो । उपशाखामा २ सय ४६ जना आजिवन सदस्य रहेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP