सोमबार १४ बैशाख २०८३

के पी भुसाल ‘अजस’

गणित् नैहो ठुलो बिद्या,संसार यो बताउछ,
यसको ज्ञानले मात्र, सारा जगत् चिनाउछ,

हिसाब क्वै सहारामा, मान्छे जीवन् चलाउछ,
गणित क्वै भरोसामा, रकेट् खगोल् घुमाउछ,

ऋणचिन्ह सधै यस्ले,घाटा दुःख जनाउछ,
धनचिन्ह भने सधै, नाफा सुख बढाउछ,

घट्दै जान्छ हरेक् बस्तु खर्चगर्दा जहाँपनि,
बढ्दै जान्छ सधै विद्या जति खर्च गरेपनि,

लोकप्रिय सदाचारी ,हुदैनन् निठुरी झक,
दुराचारी अथा स्वार्थी,सधा हुन्छन् अर्थ वञ्चक् ,

पुग्दैन जसको ज्ञान , धन र ऋणमा कतै,
सुकाउ्छ उसले ज्यान,तड्पन्छ जन त्यो सधै,

लिन्छ गर्भ जसै मान्छे,आमाको कोख उत्तम,
गन्ती सुरु हुदैजान्छ, उसको मृत्यु सम्मन,

बुद्धिमान ठुलो मान्छे,बोल्दैन बाचकी बनि,
दिन्छ बोल्न अरूलाई,लिन्छ ज्ञान सहीपनि,

खर्च हुन्छ अविच्छिन्न ,अथाह आयु जीवन,
हुन्छन् समयका सीमा,चल्दै जान्छ सनातन,

पल् पल् समयमा ध्यान,नपुग्दा हुन्छ अक्षम ,
हिसाब मानदा ठुलो , बन्छ जीवन सक्षम ।।

प्रकाशन मिति : २०७९ फागुन १२

 


Last Updated on: August 24th, 2024 at 4:26 am
३१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया