Trend

केपी भुसाल ‘अजस’ 
धर्तीमा राम्रा सृष्टिका फूल रहेछ महिला,
नारीको कोख सृष्टिको घर रहेछ पहिला,
रातीमा पनि उजेलो हुन्छ तारा र जूनले,
घरमा ज्योति फैलेको हुन्छ नारी कै गुनले,

जन्मेको घर बसुञ्जेल् छोरी मााइतै हसिलो,
पतिको घर भित्रदा बधु घर हुन्छ उजेलो,
हिमाल जस्तै नझुकि राख्ने घरको कमान,
लक्ष्मी हुन् नारी घरकी सोभा जलधी समान,

जति नै पानी झिकदा पनि सागर सुक्दैन,
नारीको दया मायाँकी खाँनी बाँडेर सकिन्न,
धर्तीको आधा भार छ जिम्मा यिनकै काँधमा,
देखिन्छ उँचो नारीको पौरख संसार माझमा,

आदर्श नारी जन्मिए धेरै नेपाली भूमिमा,
भृकुटी सीता जन्मिए यहीं चम्किए विश्वमा,
विश्वका सबै मुलुक भित्र नारीको कमान,
काम र मान छ सारै ठुलो सुनिन्छ बयान,

रथका पाङरा नारी र पुरुष छुटाउन मिल्दैन,
नारीको साथ नहुदा सम्म शिखर चुम्दिन,
आदर गरौं नारीको सधै आजको विश्वमा,
यो नारी दिवस फस्टेर जावस छ शुभकामना ।।

प्रकाशन मिति : २०७९ फागुन २४

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP