Trend

श्याम घिमिरे,
चैत २४ अर्घाखाँची –

नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले रंगीचंगी भएर बनेको दश दलिय गठबन्धन सरकारको आयु प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्ने भारत भ्रमणले निर्धारण गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा सुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले अरुकोलागी कम्फरटेवल प्रधानमन्त्री बनेर गर्ने भारत भ्रमणपछि प्रचण्डको उपादेयता सकिने भन्दै भारत भ्रमणमा प्रचण्डले अनुचित सम्झौता गरे वा अनुचित स्वार्थलाई मानेर सत्तामा टिक्ने वातावरण बनाए प्रचण्डलाई जनताले नाङ्गेझार बनाउने बताउनुभयो । बाह्य शक्तिको भरमा टिकेको अहिलेको सत्तासमिकरणले संविधानको रक्षा भन्दापनि सिध्याउने खेलमा लागेको भन्दै थापाले बाहिरी शक्तिको स्वार्थ पूरा भएपछि सरकार आफैं ढल्ने दाबि गर्नुभयो ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले बर्तमान गठबन्धन सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको भन्दै सरकारको बारेमा कुनै कमेन्ट गर्ने ठाँउनै नभएको तर्क गर्नुभयो । दश दलीय गठबन्धनका कारण मुलुक असफलता तर्फ धकेलिएकोले मुलुकलाई सफलतामा लैजान एमालेको बिकल्प नभएको थापाले दाबि गर्नुभयो ।

फरक प्रसंगमा थापाले काँग्रेसको लगानिमा माधव कुमार नेपालले नेकपा फुटाउन सफल भएको भन्दै आजको दिनसम्म सबै नामधारी,नक्कली,जाली,ढोगी र पाखण्डी कम्युनिष्टसंग पार्टी एकता हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो । थापाले नेकपा एस नामक पार्टी एस,उस र ढुस भएको टिप्पणी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP