शनिबार १९ बैशाख २०८३

                                                                   निम्ब तरु :
यहाँ फुल्नुअघि तीन बार सोच्नुपर्छ
यहाँ जन्मिनुअघि झन् चक्कराउँदो दोधार हुन्छ
फुलिगए
जन्मिहाले
पश्चातापको रापले एक सेकेण्ड
रहने मन हुदैन यही स्थितिमा

दैलोमा परान परेर तेर्सो परेपनि
देख्दै देख्दैन आफ्नी आमा
न्वारान अघिल्तिरै हृदय–बध बेहर्नुपर्छ ।

यहाँ त मुस्काउनु अघि शोक बिर्सन सकिदैन
बदनाम हुने त्रासले उम्रनै मान्दैनन् कपनाहरु

अचेल किन घाम उदाउनै भनेको
यही घटना घटेछ र पो ।

जन्मिनु नै महाभूल हुनेछ
कसैको एक भूलले हजार बर्ष रनभुल्ल पार्नेछ
एक ध्वस्त मानिसको प्रभावले

यिनीहरुलाई वाकदण्डले फरक पार्दैन
न धिकदण्डले
यिनलाई
एक्काईस नर्कको सजाय दिएपनि कम हुनेछ

हे राजन् ।
यहाँ त देहत्याग गर्नपनि शंका लाग्छ ।
प्रकाशित मिति : २०८० जेठ १२


Last Updated on: August 24th, 2024 at 4:55 am
१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया