शुक्रबार ०८ साउन २०८३

के पी भुसाल ‘अजस’

फुल्छन् फूलहरू सधै जगतमा, धेरै थरीका अनि,
फैलन्छन् नभमा सुगन्ध यिनका रोक्दैन कोही पनि,
रोपें मै विरुवा अने क दुखमा, कुल्चेर पीडाहरू,
फुल्दैन्नन् अझसम्म रसलिए मैले कसोरी भनुँ,

सारा जीवनको विवेक पसिना, उद्यानमा खर्चिदा,
लागेकै नहुदा कुनै फल अझै, भोग्दै छु पीडा मता,
सुन्थें क्वै दिनमा खुबै मनछुने,पाका पिढीका कुरा,
फुल्दैनन् उनिउँ भनेर उपदेश् दिन्थे सबैमा पुरा,

अज्ञानी म भयें सधै चहकिला, रोपें उनायो अनि,
गर्थें आस निकै मता मनधरी,फुल्छन् कुनैदिन् भनि,
के फुल्थे उनिउँ अपुष्प थरका,सारै विकारी भए,
यिन्को आस रहेन फूल नहुदा,आसा निरासा भए,

आए धेर बहार वर्ष र गए, धर्ती भयो सुन्दर,
मेरो सानु पवित्र पुण्य थल यो देखिन्न खै उज्जल,
फैलायो रसजो चुसेर मलको, घाँसे उनायो अनि,
धेरै सुन्दर बाटिका हुनगयो, सारै निखुर्को पनि,

कैयौं बृक्षहरू सुके ढलिगए, वास्ना सखापै भयो,
फल्थे क्वै लटरम्म मौसम हुदा,खाँने सहारा घट्यो,
धेरै घात भयो उजाड बढदा, ठर्रो बगैँचा भयो,
यस्को कारक तत्त्व खोज गरदा,घाती उनायो हुदो,

मास्दै मूलजरा हटाइ उनिउँ, नौला विरूवा हरू,
रोप्ने कामभए खुसीमन रहे, सुध्रन्छ उद्यान् बरु,
केही गर्नुपरे बुझेर गरदा, पाइन्छ सोचे जति,
अज्ञानी जन भै हतार गरदा,भोग्छन् अनेकौं खति ।।

प्रकाशन मिति : २०८० असार २३


Last Updated on: August 24th, 2024 at 4:32 am
२०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया