Trend

भदौ १५ – खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । बढेको भाउ गएराति १२ बजेदेखि नै लागू भएको नेपाल आयल निगमले जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाएको छ ।

त्यस्तै, खाना पकाउने ग्यासकाे एकैपटक २ सय ३५ रुपैयाँले मूल्य बढेको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि ग्यासको भाउ १ हजार ६ सय ६० थियो । त्यस्तै, पेट्रोल काठमाण्डौमा प्रतिलिटर १ सय ८२ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७० पुगेको छ । यसअघि काठमाण्डौमा पेट्रोल १ सय ७८ र डिजेल/मट्टितेल १ सय ६७ रुपैयाँ थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार नै भाउ बढेको जनाएको छ ।source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP