मंगलबार १५ बैशाख २०८३

 मंसिर १५- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । आज शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ रुपैयाँ छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर तीन सय रुपैयाँ घाटा रहे पनि आमउपभोक्ताको हितलाई मध्यनजर गरेर भाउ यथावत् राखेको निगमले जनाएकाे  छ ।


Last Updated on: December 1st, 2023 at 2:01 am
२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया