Trend
मंगलबार , माघ १४, २०८२

मंसिर २४ -एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल दाेस्राे खेलमा पनि पराजित भएकाे छ । आज आइतवार अफगानिस्तानसँगकाे खेलमा नेपाल ७३ रनले पराजित भयाे । अफगानिस्तानले दिएकाे २ सय ६२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भयाे । नेपालका अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि राम्राे अङ्कमा रन जाेड्न सकेनन् । नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बाेहरा १५, दिपेश कँडेल ११, सुवाश भण्डारी ८, उत्तम मगर ४ तथा विपिन रावल, आकाश त्रिपाठी र हेमन्त धामी शून्य रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका फरिदून दवूदजाई र नसिर खानले समान ३ तथा माेहम्मद युनुसले २ विकेट लिए ।

यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयाे । अफगानिस्तानका जम्शिद जद्रानले शतक बनाए । उनी १ सय ५२ बलमा १ सय ६ रन बनाएर रिटायर्ड आउट भए । यस्तै नुमन शाहले ६० रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामी, गुल्शन झा र सुवाश भण्डारीले समान २ विकेट लिए ।

नेपाल पहिलाे खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे । यस्तै अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएकाे थियाे । प्रतियोगितामा ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

मङ्सिर २९ गते सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ । source:ujyaaloonline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

एमाले महाधिवेशन : २ जनाको उम्मेदवारी खारेजी, १५ जनाले उम्मेदवारी फिर्ता लिए,११ जना केन्द्रीय सदस्य सर्वसम्मत, मतदान साँझ ७ बजेदेखि सुरु हुने

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने


TOP