Trend

पुस १४ अर्घाखाँची,
नेपाल विद्युत्   प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जिल्लाको शितगंगा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका–८ जलुकेमा रहेको उद्योगले विद्युत प्राधिकरणलाई तिर्नु पर्ने ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ बाट विद्युत उपयोग गरे बापतको रकम नतिरेपछि सुक्रवार रातिदेखि लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची बितरण केन्द्रका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिनुभयो । विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड वक्यौता नतिरेपछि लाइन काटिएको शाखा प्रमुख भट्टराईले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार मात्रै त्यस्ता लाइनको बिजुली काटेर महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको थियो । उहाँले ठूला उद्योगको लाइन काटेर राजस्व उठाउन निर्देशन दिएलगत्तै प्राधिकरणले केही उद्योगको लाइन काटन थालेको हो ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना समेत हुँदै आएको थियो । प्राधिकरणले यसअघि डेडिकेटेड र ट्रङ्कलाइन महसुल नबुझाएको जनाउँदै केहि उद्योगको बिजुली काटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता


TOP