सोमबार १४ बैशाख २०८३

अर्घाखाँची टुडे, पुष १८ अर्घाखाँची,
अर्घाखाँचीमा सञ्चालीत अर्घा भगवती यातायात प्रा.लि.ले छतमा यात्रु राखेको भन्दै प्रालिकै सवारी चालकलाई निलम्वन गरेको छ । बुधवार बिहान बुटवलबाट सन्धिखर्कको लागि छुटेको लु १ ज ४८८३ नम्बरको यात्रु वाहक विद्युतिय सवारी साधनले यात्रुलाई छतमा राखि हिडेको भिडियो सार्वजनिक भएको भन्दै चालकलाई निलम्वन गरिएको प्रालिका अध्यक्ष के.बी भुसालद्धारा जारी प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

सवारी साधनले छतमा यात्रु राखि हिडेको भिडियो बिभिन्न सञ्चार माध्यममा सार्बजनिक भएकोप्रति प्रालिको गम्भिर ध्यानाकर्षण भएको बताउदै चालकको लापरवाहीका कारण सो कार्य हुनपुगेले उक्त विषयमा यातयात प्रा.लि.ले क्षमा याचना समेत गर्दछ बिज्ञप्तीमा भनिएको छ ।

यसैबिच प्रालिले छोटो समयमै प्रालिलाई मायागर्ने सम्पुर्ण यात्रु महानुभावहरु संगै सवारी चालकको लाहपरवाहीको भिडियो बनाई सजक बनाउने सबैलाई धन्यवाद समेत प्रदान गरेको छ । प्रालिले स्तरिय सेवाप्रतिको समर्पणमा प्रतिबद्धता रहेको व्यहोरा समेत उल्लेख गरेको छ ।


Last Updated on: January 4th, 2024 at 3:28 pm
२१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया