Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे,
पुष २१ अर्घाखाँची,

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले जिल्लालाई बिकसित बनाउनको निम्ती सबै व्यवसायीहरुको हातेमालो हुन जरुरी रहेको बताउनु भएको छ । सनिबार सन्धिखर्कमा अर्घाखाँची व्यापार संघको कार्यालय उद्घाटन तथा जानकारी सभामा बोल्दै कोइरालाले यस्तो बताउनुभएको हो । पछिल्लो समय एउटै प्रकारको उद्देश्य राखेर केहि संस्थाहरु खोलीएको बताउदै कोइरालाले आफ्नो कार्याकालमा त्यस प्रकारका संस्थालाई एकै ठाउँ गराउन प्रयासमा आफु लाग्ने बताउनु भयो । उहाँले व्यवसायीहरुको हकहितकोलागी जिल्ला समन्वय समिति सहयोगगर्न प्रतिबद्ध रहेको समेत बताउनु भयो ।

यस्तै सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सबै संस्थाहरु एकजुट भएर जानुको बिकल्प नभएको भन्दै व्यवसायीको हकहितकोलागी सबै लाग्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले फुटेर नभइ जुटेर अगाडी बढ्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालीका १ नं.वडाअध्यक्ष माधब श्रेष्ठ,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम अर्घाखाँची व्यापार संघका अध्यक्ष योगेन्द्र खड्काको अध्यक्षता,कृष्णप्रसाद भुसालको स्वागत मनतब्य र बिनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य नेत्र प्रसाद भुसालले व्यापार संघ स्थापनाको उद्देश्य माथी प्रकाश पार्नुभएको थियो । झण्डै एकबर्ष अगाडी स्थापना गरिएको संघमा तिनसय भन्दा धरै व्यवसायीहरु आबद्ध रहेको संघका सदस्य डिलाराम भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP