Trend

श्याम घिमिरे,
पुस २९ अर्घाखाँची

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा हुन थालेको पर्यटन प्रबद्र्धन कार्यक्रम २०८० को समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड भोली अर्घाखाँची आउने आयोजक संस्था नेपाल पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । जिल्लामा बढ्दै गएको बसाँइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन कार्यक्रम आयोजना गरिएको बताइएको छ । जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउनु भएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकहरुलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पु¥याउन कार्यक्रमले सहयोग पुग्ने बिस्वास गरिएको छ । अभियानमा जिल्लामा रहेको सुपादेउराली मन्दिरमा आउने पर्यटकलाई जिल्लाभित्रै रहेका अन्य स्थानमा पनि जानु पर्छ भन्ने जानकारी दिइने छ । अभियानमा जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, लगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केही स्थानमा पुगेर व्यापक प्रचारप्रसार गरिने छ ।

यसैबिच भोली हुने कार्यक्रमको सबै तयारी पुरा भएको कार्यक्रमका प्रबक्ता हृदय कुमार भुसालले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP