सोमबार १४ बैशाख २०८३

टेकराज भुसाल माघ १६,

स्वर्गीय कुलानन्द बन्जाडे स्मृति प्रतिष्ठान ढाकावाङ्गकाे अध्यक्षमा भुवानन्द भुसाल निर्वाचित हुनुभएको छ। मंगलबार सम्पन्न तेस्रो भेलाले भुवानन्द भुसालको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा बाबुराम खनाल, सचिवमा हिमलाल खनाल, काेषाध्यक्षमा आरता बेल्वासे, सदस्यहरुमा क्रमशः खुबिराम खनाल, विष्णुप्रसाद खनाल, गीता चुदाली, जानका बन्जाडे र बाबुराम खनाल निर्वाचित गरेको छ।

त्यस्तै सल्लाहकार समितिमा खड्का बहादुर थापा, चन्द्रबहादुर केसी, रामप्रसाद खनाल र गाेपाल प्रसाद आचार्य र पदम बन्जाडे निर्वाचित हुनुभएको छ। भूमिकास्थान नगरपालिका नगरप्रमुख झविलाल थापाको विशेष आतिथ्यता रहेको भेला अध्यक्ष खड्क बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भुवानन्द भुसालको स्वागत मन्तव्य तथा सचिव खुविराम खनालको संचालनमा सम्पन्न भएको थियो। नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका कर्मठ योद्धा तथा शिक्षाप्रेमी, समाजसेवी, विश्व मावि ढाकावाङ्गका तत्कालीन प्र.अ. बन्जाडेको सम्झनामा स्थापित गरिएको प्रतिष्ठानले तेस्रो भेला सम्पन्न गरेको हो।


Last Updated on: January 30th, 2024 at 1:40 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया