बुधबार १६ बैशाख २०८३

श्याम घिमिरे,
माघ १६ अर्घाखाँची

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले प्राप्त गरेको छ । सन्धिखर्कको टुडिखेलमा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै सन्धिखर्क नगरपालिकाले यस वर्षको रनिङ शिल्ड संगै मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । गत वर्षको उपाधि बिजेता भूमिकास्थान नगरपालिकाले भने दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पाणिनि गाउँपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ । छात्र छत्रागरी बिभिन्न १० विधामा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा ६ वटै स्थानीय तहबाट खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगिता सम्पन्न पश्चायत  खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल,सन्धिखर्क नगरउपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्रीलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । शिल्ड प्राप्तसंगै सन्धिखर्क नगरपालिकाले खेलाडीहरुलाई बाजागाजासहित बजार परिक्रमा गराइ सम्मान समेत गरेको थियो ।


Last Updated on: January 31st, 2024 at 1:40 am
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया