शुक्रबार २९ जेठ २०८३

श्याम घिमिरे,
माघ २० अर्घाखाँची

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले छातिमा दम भएको व्यक्ति अनुसन्धान गर्न आएको दिन सबै भ्रष्ट्र नेताहरु जेल जाने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा सनिवार आयोजना गरेको खुला सभालाइ सम्बोधन गर्दे लामिछाने कुनै दिन छातिमा दम भएको व्यक्ति अनुसन्धान गर्न आएको खण्डमा देशका सबै भ्रष्ट्र नेताहरु जेल जाने ग्यारेन्टी समेत दिनुभयो । लामिछानेले यि सबै कुराहरु पुरा गर्न एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाइ जिताएर हेर्न आग्रहपनि गर्नुभयो ।

आफुहरु जिन्दगीभर राजनिती गर्ने र देश लुट्ने मनोसायले राजनितिमा प्रबेश नगरेको भन्दै लामिछानेले पुराना दल र तिनका नेतृत्वबाट देश सुध्रिने आशा नभएकै कारण सबै कुरा छोडेर राजनितिमा होमिएको जिकिर गर्नुभयो । राजनितिमा प्रबेश संगै आफुहरु टाउकोमा कफन बाधेर हिडेको बताउदै लामिछानेले कसैको डरधम्की र त्रासले आफुहरु बिचलित नहुने चेतावनि समेत दिनुभयो ।

जनताहरुले आफ्ना समस्या र गुनासाहरु राख्न्ने मन्त्रालयहरुमा सहज रुपमा आम सर्वसाधारण जानै नसक्ने अवस्थाको राष्ट्रिय स्वतन्त्र पार्टीले अन्त्य गर्ने लामिछानेको दावी छ । उहाँले आफू छोटो समय मन्त्री हुदा राम्रो काम हुने भयो भनेर सबै तर्सिएको र षडयन्त्र सुरु गरेको पनि बताउनुभयो ।

राज्य सत्ताको चाबी आफ्नो हातमा नभए पनि स्वतन्त्र पार्टिका सांसदहरुले सदनमा निरन्तर आम जनजिविकाका सवाल सहित नीति निर्माणका सन्दर्भमा निरन्तर आवाज उठाएको भन्दै अब ०८४ पछि पुर्ण जनताको बहुमतले देशको मुहार फेर्ने यात्रामा अगाडि बढ्ने लामिछानेले दावी गरे । सभामा बोल्दै सभापती लामिछानेले आफ्नो पार्टिमा नीति निर्माण र खबरदारि गर्ने दक्ष ब्यक्तिहरु भएको , देशलाई चिनेका बिद्वान तथा इमान्दार साथिहरु समेत भएको हुदा अब राजनीति बिज्ञ ब्यक्तिले गर्ने आवस्यकता भएको औल्याएका छन ।

देश बिकासको को नीति बनाउने मुख्य थलो राजनितीनै फोहोरीहरुको चांगुलमा फसेकोले यो चंगुल फुत्काउन अब जनताहरुले मत परिवर्त गर्नुपर्ने आवस्यकता रहेको पनि लामिछानेको दावी छ । देशहरुका जनताले मत परिवर्तन नगरे देश नबन्ने भन्दै सभापति लामिछानेले आफुहरुलाइ एक पटक मौका दिए काम गरेर देखाइदिने र सधै सत्ताको लोभ लालचमा पनि नबस्ने उद्घोष गरे ।

लामिछानेले आफुहरु राजनितिमा छिरेपछी भ्रष्टहरुको सातो उडेको र उनिहरुले आफुहरुलाइ सिध्याउन षड्यन्त्र गरिरहेको बताउदै कसैले हिलो छ्याप्दैमा राष्ट्रिय स्वतन्त्र पार्टी पछि नहट्ने बताउनुभयो । अर्घाखाँचीको माटोमा जंग बहादुर जस्ता व्यक्ति जन्मिएको भन्दै सभापति लामिछानेले अब उत्तीकै आंटिलो मानिस अर्घाखाँचीले जन्माउने विस्वास पनि ब्यक्त गर्नुभयो ।

लाछिछानेले आफू जीवन भर राजनिती गर्न नआएको भन्दै आफुले कार्यकारी अधिकार पाएको दुई कार्यकालमा देशको मुहार फेरेर राजनिती छोड्ने र राजनिती छोड्दाको दिन देखि राज्यबाट पाउने सेवासुबिधा नलिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । फरक प्रसंगमा अर्घाखाँचीको बाँदर र बदेँलको समस्या सामाधानका लागी आफुहरु नजिक पुगेको भन्दै सभापति लामिछानेले त्यसका लागी विज्ञहरुसंग छलफल भैईरहेको बताउनुभयाे ।

यस्तै प्रतिनिधीसभा सदस्य सुमना श्रेष्ठले सिँहदरवारका पुराना नेताले देश, जिल्ला र गाउँ बनाउन नसक्ने जिकिर गर्नुभयो । आफुहरुलाई यथास्थीमा रहन स्वीकार्य नभएको बताउँदै आफ्नो ठाउँ कस्तो बनाउने भन्ने किटान गरि नेता छान्न जनतालाई उहाँको अपिल रहेको छ ।

कार्यक्रमा रास्वपा लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, केन्द्रिय सदस्य अर्जुन अधिकारी, अर्घाखाँची काठमाण्डौ सम्र्पक मंञ्चका अध्यक्ष सिता पराजुली, एनआरएन बिभागका प्रमुख होम क्षेत्री लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक हरि प्रसाद भुसालको अध्यक्षता र सन्धिखर्क नगरपालिका संयोजक प्रकाशचन्द आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । सभापति रबि लामिछानेले आजै विहान अर्घादरबार परिसरमा पत्रकार भेटघाट संगै जिल्लाको सुपादेउराली, मथुराको २० खुट्टे दरबार लगायतका पर्यटकिय स्थलहरुको दर्शन र अवलोकन समेत गर्नुभएको थियो ।


Last Updated on: February 4th, 2024 at 12:40 pm
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया