बिहिबार ०४ आषाढ २०८३

श्याम घिमिरे
चैत्र २३ अर्घाखाँची

अर्घाखाँची उद्योग बाणिज्य संघले जिल्लामा भर्खर मात्र सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीलाई सुक्रवार एक कार्यक्रमको आयोजनागरी स्वागत गरेको छ । स्वागत कार्यक्रममा मनतव्य राख्दै प्रमुख जिल्ला अधिकारी खत्रीले उद्योग बाणिज्य संघ देश बिकासको मेरुदण्ड भएको बताउनु भयो । खत्रीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने बताउदै उद्योगी व्यवसायीहरुको समस्याप्रति आफु गम्भीर रहेको भन्दै उद्योग बाणिज्य संघ संग हालेमाले गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रम उद्योग बाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षता, उपाध्यक्ष काजी श्रेष्ठको स्वागत मनतब्य र सदस्य लक्ष्मण केसीकोे सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित बिभिन्न बैंकका प्रमुख सहित उद्योग बाणिज्य संघका पदाधिकारी पत्रकार लगायत संस्थाका सदस्यहरुको उपिस्थत रहेको थियो ।


यस अघि आजै पत्रकारहरुसंग पनि परीचयात्मक कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा बोल्दै प्रजिअ खत्रीले सबैको सहयोग र समर्थन भएमा मात्रै जिल्लामा शान्तीसुरक्षालाई मजवुद बनाउन सकिने बताउनु भयो ।

 


Last Updated on: April 5th, 2024 at 2:24 pm
१७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया