Trend

श्याम घिमिरे,
साउन २६ सन्धिखर्क त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक (बिस्तारीत मञ्च) सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सहकारी सञ्चालक समितिका पदाधिकारी सहित विभिन्न उपसमितिका सदस्यहरूको उपस्थिति रहेको बैठकमा संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेबाट आ.व.२०८१/०८२ को लागि प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्नुको साथै व्यवस्थापक तुल्सी खनालले वित्तिय विवरण र सञ्चालक शिव बेल्वासेले गत आ.व.२०८०/०८१ मा संस्थाले गरेका कार्यहरुको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुबाट आएका बिभिन्न राय सुझावहरुलाई व्यापक रुपमा छलफल गर्दे संस्थाको साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयन गर्ने कुरामा छलफल भएको संस्थाका व्यवस्थापक खनालले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता कोषाध्यक्ष टोपलाल खनालको स्वागत मनतब्य र सचिव नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो । बैठकले सञ्चालक समितिका उपाध्यक्ष स्वर्गीय यमकला बन्जाडेको निधनमा शोक प्रस्ताव समेत पारीत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक


TOP