Trend

डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची –

बहर – मुतकारिब मुसम्मन सालिम ।
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ , १२२ , १२२ , १२२
काफिया – आएँ
रदिफ – गैर मुरद्दफ
गरेको छु कोसिस म आफै बताएँ
यो साहित्य जगमा त्यसैले अटाएँ

जुरेली र डाँफे यिनै हुन् चिनारी
समीक्षा गरेरै असल गीत गाएँ

जुवा तास रक्सी छुँदै छुन्न भगवान्
बनी साधु मैले मलाई चिनाएँ

चमेली हजारी फुलेको नियाल्दै
धराभित्र रम्दै स्वयम् मुस्कुराएँ

मेरो देशमा फैलियो टम्म जालो
उठाएर झन्डा हियोमा सजाएँ ।

प्रकाशन मिति : २०८२ बैशाख ४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP