शनिबार १९ बैशाख २०८३

श्याम घिमिरे,
जेठ २४ सन्धिखर्क –
नेपाल राष्ट्रिय अभिभावक संघ सन्धिखर्क नगरपालीकाको नगर भेला सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । भेलाले प्रेम नारायण भुसालको संयोजकत्वमा १३ सदस्यीय नगर स्तरीय तदर्थ समितिको गठन गरेको छ । समितिको सदस्यहरुमा क्रमश ः दोर्ण प्रसाद आचार्य,यज्ञमूर्ति गौतम,गंगाराम खनाल,मेघनाथ अधिकारी,ओम प्रसाद भट्टराई,खिमानन्द आचार्य,पुष्करनाथ बन्जाडे, मित्रलाल आचार्य,रुद्र पराजुली,खगिश्वर केसी,पिताम्वर कुवर र ओष्तराज भुसाल चयन हुनभएको छ । यस्तै भेलाले इन्द्र बहादुर खत्री,कृष्ण प्रसाद भुसाल,खेमचन रायमाझी,धर्मराज भुसाल,गंगाधर पौडेल र गंगा बहादुर केसीलाइ सल्लाहकारमा चयन गरेको छ ।

कार्यक्रममा संघका केन्द्रिय सचिव रामबहादुर रायमाझी,प्रदेश सदस्य कमलप्रसाद घिमिरे,जिल्ला अध्यक्ष बाबुराम पन्थी,उपाध्यक्ष सिता श्रीपाली,कोषाध्यक्ष पोमनारायण पौडेल,सहसचिव ठाकुर प्रसाद खनाल,सदस्यहरु लेखनाथ भण्डारी,मतिलाल खनाल,जिल्ला सल्लाहकार मुक्तिराम भण्डारी, जेष्ठ सदस्य मित्रलाल आचार्य, बुद्धि प्रसाद मिश्रलगायतको उपस्थिति रहेको स्थानिय सामाजिक व्यक्तित्व कृष्णप्रुसाद भुसालले जानकारी दिनुभएको छ ।


Last Updated on: June 7th, 2025 at 5:48 pm
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया