Trend
बिहिबार , पुष १७, २०८२

श्याम घिमिरे,
पुस ३ अर्घाखाँची –
माध्यमिक तहका प्रधानाध्यापकहरूका लागि शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीबार सन्धिखर्कमा सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीको आयोजनामा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै समन्वय प्रमुख कोइरालाले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षक, प्रधानाध्यापक, अभिभावक र सरोकारवालाबीचको सहकार्यबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार सम्भव हुने उल्लेख गर्नुभयो । शिक्षा व्यवहारिक, जीवनोपयोगी र समयसापेक्ष हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख विष्णु बेल्वासेले जिल्लाको शैक्षिक अवस्थाबारे जानकारी गराउँदै विद्यार्थी सिकाइ उपलब्धि बढाउन प्रधानाध्यापकहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पाठ्यक्रम कार्यान्वयन, शिक्षण सिकाइ क्रियाकलाप, आन्तरिक मूल्यांकन र विद्यालय व्यवस्थापनका विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्लाका विभिन्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका उपायबारे आफ्ना अनुभव साझा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जिल्ला भरका माध्यमिक तहका प्रअहरु, पालिकामा रहेका शिक्षा शाखा प्रमुख लगायतको सहभागीता रहेको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद वेल्वासेको अध्यक्षता सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख मन्जु आचार्यको स्वागत मन्तव्य र समन्वय इकाइ प्राविधिक सहायक राम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराई, शिक्षक महासंघका अध्यक्ष नमबहादुर सिंह रानाभाट, मालारानी गाउँपालीका शिक्षा शाखा प्रमुख रमेश पन्थी, भुमिकास्थान नगरपालीका शिक्षा शाखा प्रमुख तुवलाल सापकोटा,अर्घाखाँची आवासिय माबिका निर्देशक श्रीकृष्ण भुसाललगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

शैक्षिक सत्र २०८१ को एसइइ परीक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरुले २५ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्ल्डलाइटमा हुने, पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

साथी सहकारीको १३ औं वार्षिक साधारण सभा सम्पन्न


TOP